अध्यागमनका कर्मचारी र प्रहरीको कुटाकुट छानविन गर्न समिति गठन

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, अध्यागमन कार्यालयमा अध्यागमनका कर्मचारीलाई प्रहरीले कुटेको बारेमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति गठन गरेको छ।

मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले एक वक्तव्य जारी गर्दै घटनाको आवश्यक छानबिन गरी तीन दिनभित्र प्रतिवेदन पेश गर्न तीन सदस्यीय छानबिन समिति गठन गरेको बताएका छन्।

मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यामन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य छन्।

शुक्रबार बिहान अध्यागमन अधिकृत छायाँलाल मोक्तान विमानस्थलको अराइभलबाट डिपार्चरतिर गएका थिए। मेटल डिटेक्टर भएको स्थानमा उनलाई चेकजाँच गर्ने क्रममा विवाद भएको र त्यही क्रममा आफूमाथि कुटपिट भएको मोक्तानले बताएका थिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − two =