महासचिव पुनको चेतावनी- आत्मघाती बम बन्न नपरोस् !

काठमाडौं । माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति महासचिव दिपेश पुनले विरोध गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत् त्यसलाई सहेर नबस्ने चेतावनी दिएका हुन् ।

१५ वर्षअघि कालिकोटमा भएको एउटा हत्याको घटनामा पञ्चा सिंहसहित ६ जना विरूद्ध शुक्रबार जिल्ला अदालत सुर्खेतले पक्राउ पुर्जी जारी गरेको छ ।

उनले धेरै खेलासी नठान्न चेतावनी दिएका छन् । ‘ए जिस्काएको ? हाम्रो सुप्रिमोलाई सर्बोच्चमा विभिन्न नाममा मुद्दा हालेर बुढाहरुलाई थकाई सकियो, अब नयाँ पुस्तालाई चेक गर्न खोजेको ?,’ महासचिव पुनले लेखेका छन्, ‘अरे हामी मर्न हिँडेर सँगसँगै सहयोद्धाहरुलाई हातैले जमिनमा गाडेर सहयोद्धाको रगतले लत्पतिएको बन्दुक बोकेर आएको यार । धेरै खेलासी नठान है, नाफाको जीन्दगी हो । कसैसँग मतलब छैन । आत्मघाती बम बन्न नपरोस् !’

यो पनि : पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अनुमति

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 2 =