पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अनुमति(भिडिओ)

काठमाडौं । अखिल क्रान्तिकारीकी अध्यक्ष पञ्चा सिंहसहित ६ जनालाई पक्राउ गर्न अदालतले अनुमति दिएको छ ।

कालीकोटका १७ वर्षीय राजबहादुर मल्लको हत्या गरेको आरोपमा सुर्खेत जिल्ला अदालतले शुक्रबार पञ्चासहित ६ जनालाई पक्राउ गर्न अनुमति दिएको हो ।

१५ वर्षअघि राजबहादुरको हत्या गरेको आरोप उनिहरुमाथि छ ।

सुर्खेतको जनमाविमा अध्ययनरत् राजबहादुरको २०६५ फागुन २६ गते साँझ खुकुरी हानेर हत्या गरिएको थियो । हत्यालगत्तै मृतकका काका नवराजले पदमबहादुर रावत ‘टाइगर’ विरुद्ध किटानी जाहेरी दिएकोमा बुबाले १४ वर्षपछि २०७९ साउन ३ गते पूरक जाहेरी दिएका थिए ।

बुबाको किटानी जाहेरीअनुसार महावै गाउँपालिकाकी सिंहसहित, पदमबहादुर रावत, ‘गुराँस’ नाम गरेका बालकृष्ण सिंह, टंकबहादुर सिंह, कालिकोटकै खाडाचक्र नगरपालिकाका ‘सुभाष’ भनिने वीरबहादुर मल्ल र ‘अशोक’ भनिने अलि कार्कीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + twelve =