सुनसान रातमा रडले हानेर श्रीमतीको हत्या
२०८० माघ ७ गते

फाइल फाेटाे
दाङ । दाङमा एक व्यक्तिले रड प्रहार गरि श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका-४ तल्लो हलवारका ४३ वर्षीय पेण्डुवा चौधरीले श्रीमती ४२ वर्षीया लक्ष्मी चौधरीलाई टाउकोमा रड प्रहार गरी हत्या गरेका हुन् ।
मदिराले मातेका चौधरीले घर भित्रै श्रीमती लक्ष्मीलाई स्टिलको रडले टाउकोमा प्रहार गरेको र उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घटना शनिबार राति सवा १० बजेतिरको हो ।
इलाका प्रहरी कार्यालय तुलसीपुरले हत्या आरोपी चौधरीलाई राति नै नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।
२०८० माघ ७ गते
प्रतिक्रिया
सम्बन्धित








