विनोदको शतकमा आर्मीले मधेशलाई दियो ३२१ रनको बलियो लक्ष्य
२०८० माघ १ गते

काठमाडौँ । त्रिभुवन आर्मी क्लबले मधेश प्रदेशलाई दियो ३२१ रनको लक्ष्य दिएको छ ।
टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिंग गरेको आर्मीले ५० ओभरमा अलआउट हुदै ३२० रन बनाएको हो ।
आर्मीका लागि कप्तान विनोद भण्डारीले शानदार ब्याटिंग गर्दै ११३ रन बनाएका थिए । भण्डारीदले ९३ बलमा ९ चौका र ६ छक्का प्रहार गर्दै ११३ रन बनाएर आउट भएका थिए ।
त्यस्तै सन्तोष कार्कीले ४२ रन बनाएका थिए भने कुशल मल्ल र विवेक यादवले ३७–३७ रन बनाएका थिए । त्यस्तै इमरान सेखले २६, भिम सार्कीले १८ र बसिर अहमदले १६ रन बनाएका थिए ।
यो पनि पढ्नुहोस्–पिएम कपमा विनोद भण्डारीको उत्कृष्ट शतक
२०८० माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








