पिएम कपमा विनोद भण्डारीको उत्कृष्ट शतक
२०८० माघ १ गते

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका कप्तान विनोद भण्डारीले शतक प्रहार गरेका छन् ।
सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेको मधेश प्रदेशले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको आर्मीका लागि विनोदले शतक प्रहार गरेका हुन् ।
विनोदले ४३औं ओभरको पहिलो बलमा ८९ बल खेलेर शतक पूरा गरे ।
आर्मीका कुशल मल्लले ३७, इम्रान शेखले २६, सन्तोष कार्कीले ४२, भीम सार्की १८ र सन्दीप रसाइली शून्य रनमा आउट भए ।
बलिङतर्फ मधेसका रञ्जित कुमारले ४ विकेट लिएका छन् ।
२०८० माघ १ गते
प्रतिक्रिया
सम्बन्धित








