नागरिक उन्मुक्तिको अध्यक्षमा रेशम चौधरी निर्वाचित
२०८० पुस २७ गते

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरी निर्विरोध निर्वाचित भएका छन् ।
अध्यक्ष पदमा चौधरीको मात्रै उम्मेदवारी परेपछि उनि निर्विरोध निर्वाचित भएका हुन् ।
चौधरीको प्रस्तावक रोशन थापा र समर्थक सानु शाक्य थिए ।
चौधरी पार्टीका संरक्षक पनि हुन् ।
अध्यक्ष पदमा सर्वसम्बत भएपनि महासचिव लगायतका अन्य पदमा भने आधा दर्जनभन्दा बढीको उम्मेदवारी परेको छ ।
महाधिवेशनबाट पार्टी अध्यक्षसहित एकजना सहअध्यक्ष, एकजना महासचिव, सातजना सचिव, सातजना उपाध्यक्ष, सातजना सहसचिव र एकजना कोषाध्यक्ष गरी ३३ पदाधिकारी चयन हुने छन् ।
२०८० पुस २७ गते
प्रतिक्रिया
सम्बन्धित








