नागरिक उन्मुक्तिको अध्यक्षका लागि रेशमको उम्मेदवारी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीको भावी अध्यक्षका लागि अहिलेसम्म रेशम रेशम चौधरीको एकल उम्मेदवारी परेको छ ।

उनी पार्टीका संरक्षक हुन् । नाउपाको वर्तमान अध्यक्ष रेशमपत्नी रञ्जिता श्रेष्ठ छिन् । अहिले पनि उम्मेदवारी दर्ता जारी छ ।

स्रोतकाअनुसार अहिलेसम्म अध्यक्षमा एकल उम्मेदवारी दर्ता भएको छ । त्यसबाहेक अन्यमा उम्मेदवार बढी भएपछि निर्वाचनको सम्भावना बढेको छ ।

महासचिवमा गङ्गा चौधरी, धर्म चौधरी, ठाकुर सिंह थारुलगायतको उम्मेदवारी परेको छ । गङ्गा प्रतिनिधिसभा सदस्य हुन् भने धर्म लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार मन्त्री हुन् ।

सिंह बडियाताल गाउँ पालिकाको अध्यक्ष पदका उम्मेदवार थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − seven =