१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३५ वर्षीय राई पक्राउ

उदयपुर । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चौदण्डीगढी नगरपालिका–७ बस्ने ३५ वर्षीय पत्थरसिंह राईलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ ।

राईले ती बालिकालाई आफ्नै घरमा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको नेपाल प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =