रास्वापाले घटायाे लेबी, सांसदले मासिक १५ हजार तिर्नुपर्ने
२०८० पुस २४ गते

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय सदस्य र सांदको लेबी घटाएको छ।
आज बसेको सचिवालय बैठकले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी सांसदको १५ हजार र केन्द्रीय सदस्यको २५ हजार लेबी बनाउने निर्णय गरेको हो ।
यसअघि रास्वपाले केन्द्रीय सदस्यबाट १ लाख वर्षिक लेबी उठाउने गरेको थियो । सांसदले मासिक २५ हजार लेबी तोकिएको थियो ।
लेबी चर्को भएको भन्दै रास्वपाका सांसदहरूले असन्तुष्टि जनाउँदै आएका थिए। त्यसैगरी सदस्यता शुल्कमा पनि रास्पपाले फेरबदल गरेको छ ।
अब कमजोर आर्थिक अवस्था भएकाले स्वेच्छाले दिन सक्नेछन्। यसअघि सदस्यता शुल्क १ हजार थियो।
२०८० पुस २४ गते
प्रतिक्रिया
सम्बन्धित








