लुम्बिनीमा गठबन्धन, एमाले र राप्रपाको उम्मेदवारी दर्ता
२०८० पुस २३ गते

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि लुम्बिनी प्रदेशमा सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारहरुको उम्मेदवारी दर्ता भएको छ ।
प्रदेशस्थित निर्वाचन अधिकृत कार्यालयमा निर्वाचनमा सहभागि सबै दलहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसले गुल्मीकी विष्णुकुमारी सापकोटा, नेकपा माओवादी केन्द्रले लुम्बिनीमा झक्कु सुवेदीको मनोनयन दर्ता भएको हो ।
यस्तै नेकपा (एमाले) ले महिलाबाट दाङकी तुलसाकुमारी केसी र अन्यमा पाल्पाका झपेन्द्रबहादुर घर्तीको उम्मेदवारी दर्ता भएको हो ।
यता, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रुपेन्देहीका निरञ्जन थापालाई उम्मेदवारी दर्ता भएको छ ।
२०८० पुस २३ गते
प्रतिक्रिया
सम्बन्धित








