राष्ट्रिय सभामा साना दलले मागे सिट, गठबन्धनमा जुटेन सहमती

राष्ट्रिय सभा निर्वाचनबारे सत्ता गठबन्धनको बैठक बिना निष्कर्ष टुंगिएको छ । शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसको बैठकमा भागबन्डाबारे प्रारम्भिक छलफल भए पनि निष्कर्षमा भने नपुगेको हो ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनबारे सैद्धान्तिक विषयमा मात्र छलफल भएको छ। बैठकमा प्रधानमन्त्रीले राष्ट्रिय सभा निर्वाचनमा सबैलाई समेटेर जाने सोचमा रहेको बताएका थिए।

तर, के कसरी समेट्ने भन्ने खाका प्रस्तुत भने गरेनन्। गठबन्धनको बैठकअघि पनि शनिबार अपरान्ह शीर्ष तीन दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको छुट्टै बैठक बसेको थियो।

यसअघि बिहान बसेको गठबन्धनको बैठकले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग राष्ट्रिय सभा निर्वाचनमा सहकार्य गर्न नसकिने निष्कर्ष निकालेको थियो । योसँगै राष्ट्रिय सभामा रिक्त रहेका सिटहरू गठबन्धन दलहरूबिच नै भागबन्डा हुनेछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 + seven =