कांग्रेसले बोलायो कार्यसम्पादन समितिको बैठक

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

आगामी २३ पुसमा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ता गर्नुपर्ने भएपछि उम्मेदवारको विषयमा छलफल गर्न कांग्रेसले आगामी कार्यसम्पादन समितिको बैठक बोलाएको हो ।

बैठक २१ गते शनिवार दिउँसो १ बजे केन्द्रीय कार्यालय,सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेसमा केन्द्रीय समितिको बैठक नियमित बस्न नसकेका बेला महत्वपूर्ण निर्णय गर्न पदाधिकारी र सिनियर केन्द्रीय सदस्य रहने कार्यसम्पादन समितिको बैठक बस्ने गर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 2 =