एमजीको सीभीमा भएको आगलागी गुपचुप प्रयास असफल भएपछि कम्पनीले भन्यो -विद्युत सर्ट भइ आगो लागेछ

एमजीको सीभीमा भएको आगलागीको घटना गुपचुप पार्ने प्रयास असफल भएपछि कम्पनीले एक सातापछि विज्ञप्ति जारी गरेको छ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले बुधबार विज्ञप्ति जारी गर्दै घटनाको सत्यतथ्य जानकारी दिनुको सट्टा घटनाको समाचार बाहिरिएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एकसाता अघि काठमाडौंको बुढानिलकण्ठमा भएको घटना मकालुखबरले मंगलबार भिडियोसहित सार्वजनिक गरेको थियो।

मंगलबारसम्म पनि आधिकारीक विक्रेताले यस बारेमा कुनै जानकारी नभएको भन्दै ढाँटेका थिए। तर प्रहरी र गाडी धनिले भने कम्पनीका प्रतिनिधि आगलागी लगतै घटनास्थलमा पुगेको बताएका थिए।

गाडीमा आगलागी भएपनि सम्बन्धित गाडीवालालाई समेत क्षतिपूर्ति दिन कम्पनीले झुलाइरहेको छ। बुधबार उनलाई बोलाए पनि यस बारेमा के हुने भन्ने प्रश्ट पारेको छैन। आफूले कम्पनीमा घटना बारे जानकारी गराइसकेको र उताबाट जवाफ आएपछि खबर गर्छौं भनेर उनलाई पठाइदिएको छ। यो घटनासँगै उक्त कम्पनीको गाडीमा सुरक्षा चुनौतीको प्रश्न उठेको छ।

पारामाउन्ट मोटर्सका महाप्रबन्धक सचिन अर्यालसँग बुधबार थप प्रश्ट पार्न मकालुखबरले सोध्दा उनले अहिले आफ्नो धारण विज्ञप्तिमा उल्लेख गरेको बताए र थप बोल्न चाहेनन्।

यस्तो छ विज्ञप्ति

यस्तो थियो घटना

गोरखाका सुदीप लामिछाने पुस ९ गते राति आफन्तकोमा गएका थिए।

बुढानीलकण्ठस्थित एक घरमा साँझ गाडी चार्जमा लगाएका थिए। तर राति १ बजेतिर गाडीमा आगो लागेको हो। आगलागी लगतै प्रहरी घटनास्थलमा पुगेको थियो। मुचुल्का तयार गर्ने क्रममा कम्पनीका प्रतिनिधिलाई पनि बोलाइएको थियो।

तर मंगलबारसम्म पनि कम्पनीका प्रतिनिधि भने यो घटना लुकाउने र सम्बन्धित गाडीधनीलाई पनि झुलाउने प्रयास गरिरहेका थिए।
आगलागीबाट गाडी पूर्णरुपमा नष्ट भएको छ।

बुढानीलकण्ठ नगरपालिका देउवा चोक नजिकै एक घरमा बागमती प्रदेश ०१ ०२७ च १५८१ नम्बरको गाडी जलेर नष्ट भएको हो।

मंगलबार घटना बारे सोध्दा कम्पनीका प्रतिनिधिले भनेका थिए– कतिपय विषयमा नबोलेरै जितिन्छ।

नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स हो।

भिडियो हेर्नुहोस्: 

प्रतिक्रिया

2 thoughts on “एमजीको सीभीमा भएको आगलागी गुपचुप प्रयास असफल भएपछि कम्पनीले भन्यो -विद्युत सर्ट भइ आगो लागेछ

  1. लौ अब चै साचिनै एमजी कम्पनी खराव रहेछ भन्ने लाग्यो।
    आति भएनर यो त।
    इनिहरुको सबै ग्रुप फटाहा हो जस्तो लग्यो अब चै!

Leave a Reply

Your email address will not be published. Required fields are marked *