हराएको टाइटनिक भेटिएला, गृहमन्त्रीमा नैतिकता भेटिदैन : रवि लामिछाने(भिडिओ)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा रोजगारी नपाउँदा विदेशमा गई कमाएर परिवार पाल्छु भन्ने युवाहरुको हत्या गृह प्रशासनले गरेको भन्दै सरकारको विरोध गरेका छन् ।

सोमबारको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको कमी कमजोरीका कारण बालकुमारीमा दुई जना युवाले ज्यान गुमाउनुपरेको जिकिर गरे ।

उनले समुन्द्रमा हराएको टाइटनिक भेटिए पनि सरकार र गृहमन्त्रीमा नैतिकता नभेटिने टिप्पणी गरे। उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्रीले झुटो बोलेको कुराबारे के हुन्छ ? भन्दै प्रश्न समेत गरे ।

‘तपाई नेतृत्वको गृह प्रशासनले देशमा रोजगारी नपाउँदा विदेशमा गएर पेट पाल्छु, विदेशमा गइ कमाएर परिवार पाल्छु, भन्ने आशा बाकेर गएका युवाको हत्या गर्नुभयो । यो महशुस गरेर तपाईंहरु यो बैठकमा बस्नुहोला । हामीले दुई होनहार युवाको हत्या गरेका छौँ । तपाईको नेतृत्वमा देखिएको कमी कमजोरीका कारण प्रशासनले गम्भीरतापूर्वक अब लिँदैन । गोली कहिले चल्यो भन्नेकुरा स्पष्ट हुनुहुन्न अहिलेसम्म। भुसको थुप्रोमुनि हराएको सियो भेटिएला, समुन्द्रमा हराएको टाइटनिक भेटिएला तर तपाईहरुमा नैतिकता खोज्ने दुःशाहस म गर्दिनँ, भेटिँदैन। मन्त्री प्रकाश ज्वालाले ढाँट्नुभएको छ । विभिन्न राजनीतिक आस्थामा तपाईले कार्यभार सम्हालीसकेपछि भएका घटनाहरुको दृष्टान्त दिनैपर्छ।’ उनले भने ।

सभापति लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणमा बिना कारण प्रहरी अधिकारीहरुलाई सरुवा गर्नु, प्रकरणमा मुसिएकाहरुलाई बयान नै नलिनुले गृहमन्त्री राजनीतिक संरक्षणमा रहेको पुष्टि भएको जिकिर गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 4 =