नाटक ‘मोन्टेज’ : जीवनमा भोग्ने कथाहरूको समिश्रण (तस्बिरहरू)

काठमाडौँ । सुलक्षण भारतीको लेखन तथा निर्देशनमा बनेको नाटक ‘मोन्टेज’ सिनामंगलस्थित पुरानो घरमा मञ्चन सुरु भएको छ।

मानिसले आफ्नो जीवनमा भोग्ने कथाहरू समेटेर तयार पारिएको तीन वटा नाटकको समिश्रण ‘मोन्टेज’ यही मंसिर २२ गतेदेखि मञ्चन सुरु भएको हो ।

नाटक ‘मोन्टेज’ मा ‘फर्स्ट किस’, ‘धोती भर्सेस ब्रा’ र ‘इन्गेजमेन्ट रिङ’ गरि तीन छुट्टाछुट्टै कथाहरू समेटिएको छ।

यही पौष १५ गतेसम्म मञ्चन हुने नाटकमा सुलक्षण भारती, रोशनी कार्की, कुन्दन, निशा दाहाल, रितेश कार्की, सनम श्रेष्ठ, शिशिर गिरी, श्रवण यादव, पुजा तामाङ, अनमोल क्षेत्री अधिकारी, अरविन्द कुमार मौर्य, रौनक कार्की, सोनिया लामा, प्रेम सागर सेजुवाल, इनारा बानु, शिला निरौलाको अभिनय रहेको छ।

नाटक हरेक दिन सोमबार बाहेक साँझ ५ बजे मञ्चन हुनेछ। शनिवार भने दिउँसो १ बजे अतिरिक्त सो मञ्चन गरिनेछ।

हेर्नुहोस् तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *