व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेबाट सचेत हुनुपर्छ : ओली
२०८० मंसिर १७ गते

कालिकोट । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अहिलेको व्यवस्थाविरुद्ध वितृष्णा फैलाउनेहरुबाट सचेत हुनुपर्ने बताएका छन् ।
समृद्धिका लागि सङ्कल्प यात्रामा निस्कनुभएका ओलीले आज दैलेखको राकममा आयोजित सभालाई सम्बोधन गर्दै गणतन्त्रलाई उल्टाउने कुरा गर्नेको कुचेष्टा सफल नहुने बताए । ‘आज कोही प्रतिगमनतिर फर्कने कुरा गर्दै छ भने त्यो देशद्रोही हो । त्यो लोकतन्त्र विरोधी हो ।’ उनले भने, ‘त्यो जनतालाई गरिब राख्न खोज्ने कुरा हो ।’
लोकतन्त्रको बिरोधमा बोल्ने र त्यसबारे सोच्ने व्यक्ति नेपाल र नेपालीको हितको पक्षमा नरहेको अध्यक्ष ओलीको भनाइ छ । ‘त्यो नेपाल र नेपालीको हित विपरीतको कुरा हुन्छ ।’ उनले भने, ‘नागरिकसँग भेटौँ र पार्टीका सन्देश जनताबीचमा पुर्याऔँ, नागरिकका कुरा सुन्न सकौँ भनेर एमालेले पूर्वपश्चिम मध्यपहाडी लोकमार्ग अभियान चलाएको छ ।’
२०८० मंसिर १७ गते
प्रतिक्रिया
सम्बन्धित








