गुरुकुलमा ‘काल’को मञ्चन (तस्बिरहरू)

काठमाडौँ । थापागाउँस्थित आरोहण गुरुकुल, कुञ्ज नाटकघरमा नाटक ‘काल’को मञ्चन सुरु भएको छ । मृत्यु र समय चक्र दुवै देखाउने नाटकको कथा सामाजिक विषयवस्तुमा आधारित छ ।

नाटकले अहिलेको विश्व परिवेशमा देखा परेको आर्थिक मन्दी लगायत प्राकृतिक तथा सामाजिक कारणले मनोवैज्ञानिक रोगको सिकार भएका व्यक्तिहरू जो आफूलाई दुर्बल ठानेर आत्महत्याको बाटो रोजिरहेका छन्, उनीहरूको मनोवैज्ञानिक उपचारको वकालत गर्छ ।

नाटकलाई नाट्य विधाको रूप दिएर प्रस्तुत गरिएको छ, जहाँ भनिएको छ, मृत्यु रोज्ने मान्छेको मृत्यु खोज्ने जागिर । त्यसैले सबैले नाटकमा आफूलाई कहीँ नकही पाउन सक्नेछन् ।

नाटकको परिकल्पना, लेखन र निर्देशन रामभजन कामतले गरेका हुन् । राजकुमार पुडासैनीको प्रकाश परिकल्पना रहेको नाटकको सहायक निर्देशकको रुपमा सुवास तिमल्सिना छन् । नाटकमा सुनील पोखरेल, प्रवीण खतिवडा, चन्द्र नेपाली, नीता राई, केशव शाही, आशिष घिमिरे, अर्जुन सिवाकोटी, सन्देश कार्की, रोशनचन्द, सलिना क्षेत्री सुरभी कामतको अभिनय छ ।

नाटकमा ध्वनि तथा संगीत परिकल्पना उत्सव बुढाथोकीको छ भने भेषभूषा नीता राई र सलिना क्षेत्रीको छ । मञ्च निर्माण हुम बीसी, पोस्टर स्केच सजन थापा मगर, मञ्च व्यवस्थापन सुवास तिमल्सिना र पोस्टर-ब्रोसर सुदर्शन पुलामीको छ । नाटक मंसिर ३० गतेसम्म मञ्चन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *