प्रसाईँको सुरक्षार्थ घर वरिपरि खटिएका हौँ : भक्तपुर प्रहरी

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको घरघर वरिपरि जिल्ला प्रहरी परिसर भक्तपुरले सुरक्षा व्यवस्था कडा पारेको छ ।
प्रसाईंको घर वरिपरि सुरक्षाका लागि मात्रै प्रहरी परिचालित गरिएको जिल्ला प्रहरी परिसर, भक्तपुरका प्रमुख एसपी वेद विष्टले बताएका छन् ।
कतिपयले भक्तपुरमा प्रसाईंको घर वरिपरि प्रहरीको बाक्लो उपस्थिति देखिपछि प्रसाईंलाई नजरबन्दमा राखिएको टिप्पणी गरेका छन् । तर, भक्तपुर प्रहरी प्रमुख एसपी विष्टले हिजो पनि प्रहरी घर वरिपर बसेको र आज पनि त्यही संख्यामा बसेको बताए ।
उनले भने ‘नजरबन्द गर्ने हो भने प्रमुख जिल्ला अधिकारी वा अरुले भन्ने होला, त्यसको वेग्लै व्यवस्था होला । तर, प्रहरी घर वरिपरि बस्नु भनेको नजरबन्द हुनु होइन ।’
उनले सुरक्षा चुनौतीको विश्लेषणको आधारमा प्रहरी खटाइएको बताए ।
बिहीबार शक्ति प्रदर्शन गरेका प्रसाईंले शुक्रबार तिनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेका थिए ।
तर प्रसाईंले तिनकुनेमा कार्यक्रम गर्न अनुमति नलिएको भन्दै जिल्ला प्रशासन कार्यालय, काठमाडौंले विज्ञप्ति जारी गरेको छ । यसपछि प्रहरीले तिनकुने पुगेका राजावादी अभियन्ताहरुलाई धरपकड गरिरहेको छ ।
प्रशासनले रोकेपछि दुर्गाको आक्रोश- घरघरबाट विद्रोह गर्नुस्, नत्र तपाईँहरूलाई सिद्धाउनेछन् (भिडिओ)








