दुर्गा प्रसाईं भन्छन्– ओछ्यानबाट महिला लखेट्ने युवा संघ हो

काठमाडौं । चर्चित अभियन्ता दुर्गा प्रसाईंले ओछ्यानमा सुतेका महिला लखेट्ने युवा संघका कार्यकर्ता रहेको बताएका छन् ।
‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का अध्यक्ष समेत रहेका प्रसाईंले एक विज्ञप्ति जारी गर्दै उनले सो घटनामा संलग्न व्यक्तिहरू एमालेको भ्रातृ सङ्गठन युवा संघकै मानिस भएको बताएका छन् । उनले यसमा सरकारको समेत मिलेमतो भएको जिकिर गरे ।
प्रसाईंले भनेका छन्– अहिलेसम्म सरकारले हामी नागरिकहरूको आवाजलाई बन्द गराउनका लागि गरेका अमानवीय कुकृत्यहरू र एमाले र उसको भ्रातृ संगठनले गरेका हिंसात्मक गतिविधि र देखाएका व्यवहारप्रति समेत सरकार मौन भएर बस्नुले सरकार र एमाले पार्टीको मिलेमतोमा अमानवीय कार्य भयो ।’
राति एक पार्टी प्यालेसमा सुतेका महिलालाई पुरुषहरूको एउटा समूहले त्यहाँबाट हटाएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।
हेर्नुहोस् विज्ञप्ति–









