न्यायपरिषद् बैठक

सर्वोच्चमा ६ न्यायाधीश सिफारिस, को–को परे ?

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा ६ जनाको नाम सिफारिस भएको छ ।

न्याय परिषद्को मङ्गलवार बसेको बैठकले रिक्त न्यायाधीश पदमा नियुक्तिका लागि महेश शर्मा पौड्याल, सारङ्गा सुवेदी, टेकप्रसाद ढुङ्गाना, अब्दुल अजिज मुसलमान, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई सिफारिस गरेको न्याय परिषद्का सदस्य रामप्रसाद श्रेष्ठले जानकारी दिए ।

पौड्याल, सुवेदी, ढुङ्गाना र मुसलमान उच्च अदालतका न्यायाधीश हुन् भने वरिष्ठ अधिवक्ता समेत रहेका पोखरेल र ढकाल कानुन व्यवसायीतर्फबाट समेटिएका हुन् ।

सर्वोच्चमा प्रधानन्यायाधीशसहित २१ जनाको दरबन्दी रहेकोमा हाल १४ जना मात्र कार्यरत छन् । ७ न्यायाधीश रिक्त रहेकोमा ६ जनाको नाम सिफारिस गरिएको हो ।

संसदीय सुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि मात्र उनीहरूको नियुक्ति हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =