टिकटक प्रतिबन्धविरुद्धको मुद्दा न्यायाधीश शर्माको इजलासमा
२०८० मंसिर ५ गते

काठमाडौँ । टिकटक बन्द गर्ने निर्णय उपर परेका रिट निवेदनको सुनुवाइ आज सर्वोच्च अदालतमा हुँदैछ । यसअघि सोमबार पेशी तोकिएकोमा हेर्न नभ्याइएकोमा परेपछि आज न्यायाधीश विनोद शर्माको एकल इजलासमा यस विषयका सबै १० रिटको सुनुवाइ हुने भएको हो ।
टिकटक बन्द गर्ने नेपाल सरकारको कात्तिक २७ गतेको निर्णयले संविधानको धारा १७(२(क) ले सुनिश्चित गरेको विचार र अभिव्यक्ति स्वतन्त्रताको उल्लंघन भएको दाबी गर्दै दशवटा रिट निवेदन शुक्रबार दायर भएका थिए ।
सामाजिक सञ्जाल नियन्त्रण गर्ने पछिल्ला सरकारका कदमले अभिव्यक्ति स्वतन्त्रतालाई विस्तारै कमजोर बनाउँदै लगेको र सञ्जाल नियन्त्रणका लागि बाटो खन्न सरकारले टिकटकलाई छानेको रिट निवेदकहरूको दाबी छ ।
२०८० मंसिर ५ गते
प्रतिक्रिया
सम्बन्धित








