एमाले नेतृ कोमल ओलीलाई मातृ शोक

काठमाडौं । चर्चित गायिका, एमाले नेतृ तथा पूर्वराष्ट्रिय सभा सदस्य कोमल ओलीलाई मातृ शोक परेको छ ।

उनकी आमा दीपा ओलीको ८२ वर्षको उमेरमा ललितपुरको अल्का अस्पतालमा शनिबार बिहान मृत्यु भएको हो । हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअगाडि देखि बिरामी ओलीको केही साता यता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

१९९८ सालमा रोल्पामा जन्मिएकी दीपा ओलीले संकलन गरेको मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल ओलीलाई गायनमा स्थापित गराएको हो ।

दीपा ओलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा दुई दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रष्टकी संरक्षक रहेकी दीपा ओली २०४३ सालमा राप्ती अञ्चल महिला सङ्गठन उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान, दुई छोरा र दुई छोरी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *