अभिनेत्री दीपाश्री निरौला डिस्चार्ज, शुभेच्छुकप्रति आभार व्यक्त
२०८३ साउन ७ गते

काठमाडौं । निर्देशक तथा अभिनेत्री दीपाश्री निरौला मस्तिष्कको ट्युमरको सफल शल्यक्रियापछि अस्पतालबाट डिस्चार्ज भएकी छन् । अन्नपूर्ण न्यूरो अस्पतालमा १८ दिन लामो उपचारपछि स्वास्थ्य अवस्थामा उल्लेख्य सुधार आएपछि उनी बिहीबार डिस्चार्ज भएकी हुन् ।
अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जाल फेसबुकमार्फत अभिनेत्री निरौला अस्पतालबाट डिस्चार्ज भएको जानकारी दिएका छन् ।
दीपाश्रीले आफ्नो उपचारमा अहोरात्र खटिने स्वास्थ्यकर्मी, अन्नपूर्ण न्यूरो अस्पताल परिवार, सम्पूर्ण शुभेच्छुक तथा अस्पताल पुगेर स्वास्थ्यलाभको शुभकामना र आशीर्वाद दिने सबैप्रति आभार व्यक्त गरेकी छन् ।
यसअघि दीपाश्रीको मस्तिष्कमा रहेको ट्युमर सफलतापूर्वक पूर्ण रूपमा निकालिएको र उनको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी अस्पताल प्रशासनले दिएको थियो ।
२०८३ साउन ७ गते
प्रतिक्रिया
सम्बन्धित








