टिकटक बन्द गर्ने निर्णयपछि बालेनको टिप्पणी– मेरो नाममा फेक आइडी चलाएर कमाउनेको माया लागिराछ
२०८० कार्तिक २७ गते

सरकारले टिकटक बन्द गर्ने निर्णय गरेपछि त्यसको बिरोधमा र समर्थनमा टिकाटिप्पणी भइरहेका छन्।
कतिपयले यो निर्णय तत्काल सच्याउन सरकारसँग माग गरेका छन्। तर कतिपयले भने टिकटकमा बढेको विकृतिका कारण सरकारले गरेको निर्णयलाई समर्थन गरेका छन्।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले पनि सोमबार साँझ टिप्पणी गरेका छन्। उनले फेसबुकमा टिप्पणी गर्दै लेखेका छन्–अरु त केही दुख लागेन, मेरो नाममा फेक लाइभ बसेर लाखौँ कमाउनेको चाहिँ माया लाइराको छ। दुख लाग्यो, रोजगारी सिर्जना भएको थियो।
उनले आफ्नो नाममा नक्कली आईडी चलाउने प्रति व्यंग्यात्मक टिप्पणी गरे पनि सरकारको निर्णय बारे आफ्नो प्रश्ट धारणा भने राखेका छैनन्।
२०८० कार्तिक २७ गते
प्रतिक्रिया
सम्बन्धित








