जाजरकोट भूकम्प: १३८ जनाभन्दा बढीको मृत्यु, घाइतेको सङ्ख्या कम्तीमा १६६

काठमाडौं । जाजरकोट भूकम्पमा मृत्यु हुनेको संख्या १३८ पुगेको छ ।

जाजरकोटमा १०० जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको नेपाल प्रहरीले जनाएको छ ।

त्यस्तै, स्थानीय तहहरुले संकलन गरेको विवरण केही बढी पनि देखिएको छ । नेपाल प्रहरीले दिउँसो २ बजेसम्म संकलन गरेको विवरण अनुसार घाइतेको संख्या १६६ छ ।

जसमध्ये जाजरकोटमा ८१ र रुकुमपश्चिममा ८५ घाइते रहेका छन् ।

हिजो शुक्रबार राति ११ बजेर ४७ मिनेट जाँदा जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रले ६.४ म्याग्निट्यूड मापन गरेको उक्त भूकम्पपछि केही साना परकम्पहरू केन्द्रबिन्दु आसपास गएका थिए ।

उद्धार कार्यमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका अधिकारीहरू खटिएका छन् भने हेलिकोप्टरसमेत परिचालन गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *