सेना, प्रहरी र वीर अस्पतालका ४१ जनाको मेडिकल टोली भुकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

काठमाडौं । भुकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि सेना, प्रहरी र वीर अस्पतालबाट ४१ जनाको मेडिकल टोली काठमाडौंबाट प्रस्थान गरेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार हाडजोर्नी, एमडिजिपी, पारामेडिक्स, नर्स लगायतको स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रमा प्रस्थान गरेका हुन् ।

नेपाली सेनाबा १६ जना, वीर अस्पतालबाट ६, नेपाल प्रहरीबाट ११ जना र सशस्त्रबाट ८ जनाको स्वास्थ्यकर्मीको टोली आवश्यक मेडिकल सामग्री लिएर हेलिकोप्टरमार्फत चौरजहारी गएको हो ।

शुक्रबार मध्यराति जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी १२९ जनाभन्दा बढीले ज्यान गुमाएका छन् भने त्यो भन्दा बढी घाइते भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *