अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ : अर्थमन्त्री महत

काठमाडौं । अर्थमन्त्री डा.प्रकाश शरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताएका छन् ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरु सँग कुराकानी गर्दै अर्थमन्त्री महतले अर्थतन्त्र सकारात्मक बाटोतर्फ गइरहेको बताए । उनले अर्थतन्त्र धरासायी भयो भन्ने प्रचार सही नभएको बताए ।

उनले अब ब्याजदर घट्ने बताए । त्यस्तै जग्गाको कारोबार बढीरहेको, पर्यटक र रेमिट्यान्स पनि बढीरहेको बताए ।

उनले मानिसहरुमा आत्मविश्वासको कमी भएका कारण खर्च गर्न हिच्किचाइरहेको परिस्थितिमा अब सो परिस्थितिको अन्त्य भएको बताए ।

उनले भने – ‘धरायसी केही पनि छैन । तपाईहरु पटक–पटक धरायसी, धरायसी भन्नुहुन्छ । अहिले अर्थतन्त्रले बिस्तारै पिकअप गरिराखेको छ । अब ब्याजदर पनि घट्छ । जग्गाको कारोबार बढिरहेको छ । देश विदेशको पर्यटक बढिराखेका छन् । रेमिट्यान्स् बढिराखेको छ । अर्थतन्त्रमा अर्थ आएको छ । नेगेटिभ कुराहरु बजारमा गएको हुनाले आत्मविश्वासको कमी थियो । आत्मविश्वास कमी भएको अवस्थामा खर्च गर्नेले पनि नगर्ने, लगानी गर्न पनि हिच्किचाउने परिस्थिति थियो । अब त्यो परिस्थिति बिस्तारै अन्त्य भइराखेको छ । अर्थतन्त्र सकारात्मक बाटोमा जाँदैछ । त्यसको म तथ्यांकसहित केही दिनमा प्रस्तुत पनि गर्छु तपाईहरुको बिचमा । पत्रकार सम्मेलन गरेर प्रस्तुत गर्छु । हामी बजेटको कार्यान्वयनमा पनि सक्रियतापूर्वक लाग्छौँ ।’

अर्थमन्त्री महतले नेपालमा लगानी गर्न विदेशी दाताहरु र मित्रराष्ट्रहरुको चाख बढिरहेको बताए ।

त्यस्तै वैदेशिक सहयोगको परिस्थिति पनि सकारात्मक भएको उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 2 =