महासचिव गुटेरेसको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्छ : पर्यटन व्यवसायी

काठमाडौँ । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपालको चार दिने औपचारिक भ्रमणले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने पर्यटन व्यवसायीहरूले बताएका छन् ।

महासचिव गुटेरेसको औपचारिक नेपाल भ्रमणका क्रममा नेपालका ऐतिहासिक एवं पुरातात्त्विक महत्वको सम्पदास्थल पाटन दरबार क्षेत्र लगायत सगरमाथा क्षेत्रको अवलोकन, पोखरा र लुम्बिनीको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताएका हुन् ।

व्यवसायीहरूले भ्रमणको लागि संयुक्त राष्ट्र सङ्घको महासचिव गुटेरेसको प्राथमिकतामा नेपाल पर्नु खुसीको कुरा भएको बताए । उनीहरूले कोभिड महामारी र सिथिल अर्थतन्त्र भएको अवस्थामा महासचिवको नेपाल भ्रमणले नेपाल भ्रमणको लागि सुरक्षित गन्तव्य रहेको सन्देश दिने बताए ।

पर्यटन व्यवसायीहरूले विश्वका मिडिया समेत महासचिव गुटेरेसको नेपाल भ्रमणमा केन्द्रित भएकाले नेपाल प्रचारप्रसार राम्रो भएको भन्दै नेपाल सरकार र व्यवसायीहरूले क्यास गर्नसक्ने गरी आगामी नीति तथा योजना बनाउन आवश्यक रहेको बताए ।

होटल सङ्घ नेपालका अध्यक्ष विनायक साहले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपालको चारदिने औपचारिक भ्रमणले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने बताए ।

उनले विश्वका मिडियाले महासचिव गुटेरेसको नेपाल भ्रमण गतिविधिमा केन्द्रित रहेकाले प्रचारप्रसार राम्रो भएको बताए । उनले महासचिव गुटेरेसले सगरमाथा क्षेत्रको अवलोकन, पोखरा, लुम्बिनी, पाटन दरबार सम्पदाको भ्रमणले विश्वमा ठूलो सन्देश गएको उल्लेख गरे ।

अध्यक्ष साहले नेपालको मनसुन पनि राम्रो भएको र पर्यटन आउने सिजन पनि सुरु भएको भन्दै महासचिवको भ्रमणले पर्यटन आगमनमा थप टेवा पुग्ने बताए । उनले संयुक्त राष्ट्र संघका महासचिव गुटेरेसको भ्रमणले नेपालको पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने बताए ।

उनले महासचिवको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्ने बताए । उनले पर्यटन वृद्धि गर्न सरकारका नीति र योजनाहरूको अहम भूमिका हुने हुँदा निजी क्षेत्र र सरकार मिलेर पर्यटन प्रवर्धनको लागि काम गर्न जरुरी रहेको बताए ।

उनले भने ‘संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणका विषयमा विश्वका मिडियाले महासचिवको गतिविधिहरू हेरिरहेका हुन्छ । अहिले मध्यपूर्वको जुन खालका समस्या सिर्जना भएको छ । त्यो समस्याको विषयमा नेपालमा आएर बोल्ने र नेताहरूसँग छलफल गर्ने काम गर्नु भएको छ । संयुक्त राष्ट्र सङ्घको मुख्य एजेण्डाहरु जुन जलवायु परिवर्तन लगायत दिगो विकास छन् । महासचिव सगरमाथा वेबक्याम,पोखरा, लुम्बिनी,आइतबार पाटन दरबार सम्पदाको भ्रमणले पनि विश्वमा ठूलो सन्देश गएको छ । त्यो सन्देशले नेपालको पर्यटन क्षेत्रलाई सकारात्मक प्रभाव पार्छ । नेपालको मनसुन पनि राम्रो भएको छ भने पर्यटन आउने सिजन पनि सुरु भएको छ । टेकिङ र हिमाल आरोहण गर्ने विश्वभरका पर्यटकहरूको आगमन भइरहेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणले नेपालको पर्यटन प्रवर्धनमा सकारात्मक प्रभावपार्छ । महासचिवको भ्रमणले नेपालको प्रचारप्रसारमा यथेष्ट सहयोग पुर्याउछ । उहाँको भ्रमणबाट नेपालले फाइदा लिन सक्नुपर्छ । फाइदाको लागि नेपालले के योजना बनाउँछौँ । प्रचारप्रसार भयो तर यसले मात्रै पुग्दैन । धेरै भन्दा धेरै पर्यटक भित्र्याएर सरकार र व्यवसायीहरूले प्रतिफल ल्याउन सक्नुपर्छ । त्यसको लागि सरकारका नीति र योजनाहरूको अहम भूमिका हुन्छ । निजी क्षेत्र पर्यटन प्रवर्द्धनको लागि काम गरी रहेको छ । त्यसमा राज्यले तदारुकता देखाउन आवश्यक छ । नेपालको पर्यटन क्षेत्रको क्षमता धेरै विकास भएको छ । होटल क्षेत्रले पर्यटकहरूलाई सेवा दिन सक्षम छौँ ।’

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ९टान०का पूर्वअध्यक्ष नवराज दाहालले पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य नेपाल संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको भ्रमणले नेपालको पर्यटन क्षेत्रको थप प्रचारप्रसारमा सहयोग पुगेको बताए ।

उनले संयुक्त राष्ट्र संघका महासचिवले नेपाल भ्रमणका क्रममा पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्नु पर्यटक प्रवर्धन सकारात्मक प्रभाव पार्ने बताए । उनले संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमणले पर्यटन क्षेत्रमा प्रत्यक्ष प्रभाव परेको बताए ।

उनले महासचिवको भ्रमणले आगामी दिनमा पर्यटनमा वृद्धि हुने अपेक्षा रहेको बताए । उनले महासचिव सगरमाथा र अन्नपूर्ण बेस क्याम्प, पोखरा र लुम्बिनी जस्ता पर्यटकीय क्षेत्र जाने कुराले नेपाल भ्रमण गर्न पूर्ण रूपमा सुरक्षित छ भन्ने सन्देश विश्वमा जाने बताए ।

पूर्वअध्यक्ष दाहालले उनको भ्रमणले नेपालमा गुणस्तरीय पर्यटकमा समेत वृद्धि हुनसक्ने आशा बढेको बताए । उनले संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमण गर्नु पर्यटन व्यवसायीहरूको लागि खुसीको कुरा भएको बताए ।

उनले भने ‘संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपाल भ्रमण विश्वले खाल गरिरहेको छ । नेपाल पर्यटकीय हिसाबले महत्वपूर्ण गन्तव्य हो भन्ने छ । तर गुटेरेसको भ्रमणले नेपालको पर्यटनलाई अझ बढी प्रचारप्रसारमा सहयोग पुर्याउछ । संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटेरेसको नेपाल आउँदा नेपालमा अझै शान्तिप्रक्रिया टुङ्गिएको छैन । उहाँको भ्रमणले तत्काल टुङ्गिने आशा गरिएको छ । पहिले राजनीतिक अस्थिरता अत्य भए मात्रै पर्यटनको वातावरण राम्रो बन्छ । नेपालमा शान्ति छ भन्ने सन्देश जान्छ । संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमण गर्नु नै ठूलो कुरा हो भने उहाँले नेपालको पर्यटकीय क्षेत्रहरूको भ्रमण गर्नुभएको छ । त्यसले नेपालको पर्यटनमा प्रत्यक्ष प्रभाव परेको छ । उहाँको भ्रमणले आगामी दिनमा पर्यटनमा वृद्धि हुन्छ । संयुक्त राष्ट्र संघका महासचिव सगरमाथा बेसक्याम्प, अन्नपूर्ण वेसक्याम जाने,पोखरा र लुम्बिनी जस्ता पर्यटकीय क्षेत्र जाने कुराले नेपाल भ्रमण गर्न पूर्ण रूपमा सुरक्षित छ भन्ने सन्देश जान्छ । पर्यटकको आगमन हुने बित्तिकै स्वाभाविक रूपमा अर्थतन्त्रमा सहयोग पुग्छ । नेपालमा गुणस्तरीय पर्यटक ल्याउनको लागि पनि उहाँको भ्रमणले गुणस्तरीय पर्यटकको समेत वृद्धि हुन सक्छ । पर्यटक वृद्धि हुनासाथ अर्थतन्त्रमा सहयोग पुग्ने भएकाले उहाँको भ्रमणलाई सकारात्मक रूपमा लिनुपर्छ । संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमण गर्नु पर्यटन व्यवसायीहरूको लागि खुसीको कुरा हो । उहाँको भ्रमणलाई सरकार र व्यवसायीहरूले प्रत्यक्ष लाभ लिन सक्नुपर्छ । व्यवसायीहरूले प्रचार गर्दा पनि संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमण गरेको कुरा पर्छ र राज्यले पनि निजी क्षेत्रसँग छलफल गरी त्यही खालको नीति तथा योजना बनाउनुपर्छ ।’

उनले महासचिव गुटेरेसको नेपाल भ्रमणलाई सरकार र व्यवसायीहरूले प्रत्यक्ष लाभ लिन सक्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले व्यवसायीहरूले प्रचार गर्दा पनि संयुक्त राष्ट्र संघका महासचिव नेपाल भ्रमणको विषय र राज्यले पनि निजी क्षेत्रसँग समन्वयगरी नीति तथा योजना बनाउन आवश्यक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + eight =