मखमली टिप्न व्यस्त गुन्डुका किसान (तस्बिरहरू) 

भक्तपुर । तिहार नजिकिएसँगै भक्तपुरको गुन्डुका किसानहरूलाई मखमली फूल टिप्न भ्याई नभ्याई हुन थालेको छ ।

काठमाडौँ उपत्यकाको लागि मखमली फूलको पकेट क्षेत्र मानिने गुन्डुमा हिजोआज हरेक दिन बिहान फूल टिपेर दिउँसो फूलको माला उन्न मै किसानहरू व्यस्त रहन्छन् ।

कहिले नओइलाउने मखमलीको मालालाई दीर्घायुको प्रतिकका रूपमा तिहारको भाइटिकाको दिन दिदी-बहिनीले आफ्नो दाजु-भाइलाई लगाई दिने गर्दछन् ।

यहाँ किसानहरूले मखमली फूलको माला, मालाको आकार र प्रकारको आधारमा प्रतिगोटा ३० देखि ४० रुपैयाँमा बिक्री गर्दछन् । उनीहरु २५/३० वर्षदेखि मखमली फूलको खेती गर्दै आइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *