महिलाहरुको सम्मान गरेमात्रै काँग्रेसको भलो हुन्छ : नेता कोईराला

काठमाडौं । नेपाली काँग्रेसका नेता डा. शशांक कोईरालाले महिलाहरुको सम्मान गरेमात्रै नेपाली काँग्रेसको भलो हुने बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताए ।

उनले महिलालाई धेरै भन्दा धेरै अवसर दिनुपर्ने आवश्यकता रहेको बताए ।

उनले प्रतिशतको कुरा गरेर महिलाको अपमान गर्नु नहुने बताए । उनले आफ्नो सम्मान महिलाप्रति बढी भएको बताए ।

उनले भने– ‘महिलालाई हामीले अवसर दिनुपर्छ । महिलालाई हमीले प्राथमिकता दिनैपर्छ । प्रतिशतको कुरा हुँदैन । प्रतिशतको कुरा गरेर उनीहरुको अपमान गर्नु हुँदैन । उनीहरुलाई प्रतिशत होइन, अवसर दिनुपर्छ । अवसर दिनपर्छ, सबै महिला एक सय एक छन् । बिपी कोईरालाको तीन जना छोरा भइसकेका थिए । म पेटमै थिएँ । एक जनाको मृत्यु भएको थियो । यस पटक छोरी नै पाउँछ भनेर लाग्नुभयो । जन्मिएँ म । तीन वर्षसम्म आइमाईकै लुगा लगाएर बसेँ । त्यसैले होला महिलाप्रति मेरो सम्मान बढी छ । महिलाहरुको सम्मान गरेमात्रै नेपाली काँग्रेसको भलो हुन्छ । जसरी भएपनि हामीले महिलालाई अघि बढाउनै पर्छ ।’

नेता कोईरालाले सत्ता महिलाको हातमा पुगे देश परिवर्तन गरिदिने दाबी गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + two =