व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक : गृहमन्त्री श्रेष्ठ

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको व्यापार घाटा कम गर्न उत्पादन वृद्धि गरी निर्यात बढाउन आवश्यक रहेको बताएका छन् ।

शुक्रवार दोस्रो हिमालयन अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै उपप्रधान तथा गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । गृहमन्त्री श्रेष्ठले मुलुकको व्यापार घाटालाई कम गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्ने बताए ।

उनले मुलुकमा उत्पादन भएका वस्तुहरू निर्यात नगरेसम्म कसैलाई अनुरोध र निवेदन गरेर मात्रै व्यापार घाटा कम हुन नसक्ने दाबी गरे । उनले आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्नसके मात्रै व्यापार घाटा कम हुने भन्दै तत्काल ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गर्दा पनि व्यापार घाटा कम हुने अवस्था नभएको बताए ।

उनले विकासको निम्ति पुँजी आवश्यक रहेको भन्दै सरकारले पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदै गएको व्यापार घाटालाई कम गर्न जरुरी रहेको उल्लेख गरे । उनले हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट पनि नेपालले व्यापार घाटा कम सकिने बताए ।

उनले भने ‘विकासको निम्ति पुँजी आवश्यक पर्छ । हामीसँग पुँजी निमार्ण,पुँजीगत खर्चको कार्यान्वयन र चुलिँदा गएको व्यापार घाटालाई कमी गर्नुछ । मुलुकको व्यापार घाटालाई कमी गर्नको निम्ति मुलुकको उत्पादनलाई निर्यात गर्न सक्नुपर्छ । मुलुकको उत्पादन निर्यात नगरेर कसैलाई अनुरोध र निवेदन गरिदिएर व्यापार घाटा कम हुँदैन । मुलुकको व्यापार घाटा कम गर्नलाई आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न सक्नुपर्छ । निर्यात गर्न पनि ठूला उत्पादन उद्योग खोल्ने र निर्यात गरौं भनेर व्यापार घाटा कम हुनेवाला छैन । अहिले मुलुकको व्यापार घाटा कम गर्नको निम्ति अहिले हामीसँग जे छ त्यो निर्यात गर्न सक्नुपर्छ । हान्डीक्याप्ट र सर्भिस सेक्टरबाट हामीले व्यापार घाटा कम गर्नुछ । व्यापार घाटा कम गरेर राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान र नेपालमा घरेलु उद्योगहरूलाई प्रोत्साहित गरेर रोजगारी र उत्पादन वृद्धि गरी व्यापार घाटा कम गरी राष्ट्रको अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान यस्तो कदम अत्यन्तै सहयोगी महत्त्वपूर्ण कदम हो । सरकारको कर्तव्य हुन जान्छ यस बारेमा सरकार सचेत छ । यो प्रक्रियालाई कसरी सहयोग गर्ने ? उहाँहरू आफैँले व्यक्तिगत पहल लिनुभयो । यसलाई सरकारले पनि एउटा वा अर्को रूपमा सहयोग गर्नुपर्छ । प्रोत्साहन गर्नुपर्छ भन्ने कुरामा प्रस्ट छ । सरकारका सरोकारवाला निकायहरूलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिन्छु ।’

गृहमन्त्री श्रेष्ठले राष्ट्रलाई समृद्धिको दिशामा तिर लैजान घरेलु उद्योगहरूलाई प्रोत्साहित गरी रोजगारी सिर्जना र उत्पादन वृद्धि गरे मात्रै र अर्थतन्त्रलाई समृद्धिको दिशातिर लैजान सकिने बताए ।

उनले सरकारको कर्तव्य मुलुकमा उत्पादन वृद्धि गरी रोजगारी सिर्जना गरी उत्पादित वस्तु निर्यात गर्न सहयोगी भूमिका खेल्नुभएको भन्दै सरोकारवाला निकायहरूलाई मुलुकको व्यापार घाटा कम गर्ने गरी निर्यात वृद्धिमा पहल चाल्न निर्देशन दिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + fifteen =