इजरायलका लागि नेपाली राजदुतको क्षमतामाथि रास्वपाले उठायो प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनालले पार्टीगत राजदुत चयन गर्दा कमजोरी बढेको बताएका छन् ।

मंगलवार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले इजरायल घटनामा पनि राजदुतावास र राजदुतको क्षमतामा प्रशस्त प्रश्न उठेको बताए ।

उनले सरकारले समयमै आवश्यक पहलकदमी नलिँदा जनतामा सरकार छ भन्ने आशा गुमेको बताए ।

उनले क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिने गरेको भन्दै उनले सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्ने बताए ।

उनले भने– ‘इजरायलमा बंकरमा रहेका नेपाली विद्यार्थीसँग मेरो पनि प्रत्यक्ष कुरा भएको थियो । त्यसबारेमा संवाद गर्नसक्ने अवस्थामा हामी मन्त्रालयबाट प्रेस विज्ञप्तिको रुपमा मात्रै हामी कम्युनेटेड गरिरहेका छौँ । त्यसले आम जनतामा सरकार निकम्भा भयो भन्ने म्यासेज गएको छ । सम्भावित घटना भए कसरी अग्रसरता देखाउने भन्ने बारेमा सक्रियता बढी देखाउनुपर्छ । क्राइसिसको बेलामा क्षमताका कुराहरु बढी प्रमुख रुपमा देखिन्छ । राजदुतावास र राजदुतको क्षमतामा प्रशस्त प्रश्न उठेका छन् । पीडित विद्यार्थीले पनि राजदुतावासमा प्रश्न उठाउनुभएको छ । हामीले राजदुत छान्दा सधैँ हाम्रा मात्रै छान्ने हो की, संवेदनशील मुलुकमा कस्ता राजदुत पठाउने ?’

सांसद खनालले पीडित विद्यार्थीले पनि राजदुतावासमाथि प्रश्न उठाएको भन्दै संवेदनशील मुलुकमा कस्ता राजदुत पठाउने ? भन्नेबारे सोच्नुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × four =