सरकारले मृतकहरूको शव यथाशक्य नेपाल ल्याउने प्रबन्ध गरोस् : डा. शेखर कोइराला
२०८० असोज २२ गते

काठमाडौँ । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले इजरायलमा मृत्यु भएकाहरूको शव यथाशक्य नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत घटनाप्रति दुःख प्रकट गर्दै मृत्यु भएकाहरूको शव यथाशक्य नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गरेका हुन् ।
‘इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै मृतकका परिवारहरूमा गहिरो समवेदना प्रकट गर्दछु । मृतकहरूको शव यथाशक्य नेपाल ल्याउने प्रबन्ध गर्न सरकारसँग आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘घटनाका घाइतेहरूको यथाशीघ्र त्यस क्षेत्रबाट उद्धार गरी सुरक्षित स्थानमा उपचारको व्यवस्था मिलाउन तथा त्यस क्षेत्रमा रहेका अन्य नेपालीहरूलाई चाँडो भन्दा चाँडो सुरक्षित स्थानमा पुर्याउन सरकारसँग आग्रह गर्दछु ।’
२०८० असोज २२ गते
प्रतिक्रिया
सम्बन्धित








