उपभोक्ताको हित विपरीत क्रियाकलापमा संलग्नलाई निर्मम भएर कारबाही गर्छौंः मन्त्री रिजाल

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले उपभोक्ताको अधिकार तथा हित विपरीत कुनैपनि क्रियाकलापमा संलग्नलाई सरकारले कारबाही गर्ने चेतावनी दिएका छन् ।

आइतबार दसैँ, तिहार, छठ लगायत चाडपर्व लक्षित सहुलियत पसलको काठमाडौँमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

उनले सरकारले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन समेत गरिरहेको भन्दै अनुगमनको क्रममा उपभोक्ताको अधिकार तथा हित विपरीत हुने कुनै पनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोहीलाई सरकारले निर्मम भएर हदैसम्मको कारबाही गर्ने चेतावनी दिए ।

उनले बजारमा व्यवसायीक क्रियाकलापलाई स्वच्छ,पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पुर्याई उपभोक्ताको अधिकार संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

मन्त्री रिजालले उपभोक्ताहरूले प्रयोग गर्ने नाप तौल ,गुणस्तर, उपभोग्य मितिका र मूल्यमा सचेत रहन आग्रह गरे ।

उनले सरकारले विगतका वर्षदेखि खाद्य संस्थान,साल्ट ट्रेडिङ, दुग्ध विकास बोर्डमार्फत खाद्य वस्तु तथा खसी बोका समेत छुट मूल्यमा बिक्री वितरण गर्दै आएको भन्दै यो वर्ष पनि आम उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर खाद्य वस्तुहरूको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याएको बताए ।

उनले भने ‘चाडपर्वको समयमा नेपाली बजारमा विभिन्न उपभोग्य वस्तुहरूको खपत बढी हुने गर्दछ । यही मौकामा कृत्रिम अभाव सिर्जना गर्ने,कालोबजारी,मूल्यवृद्धि,मिसावट,म्याद सकिएका र लेवलिङ नभएका सामाग्रीहरू बेच्ने जस्ता गैरकानूनी क्रियाकलाप गर्ने तत्त्वहरू पनि बढी सक्रिय हुने गरेको छ । बजारमा व्यवसायीक क्रियाकलापलाई स्वच्छ,पारदर्शी एवं प्रतिस्पर्धी बनाउँदै गुणस्तरीय वस्तु तथा सेवामा उपभोक्ताको पहुँच पु¥याई उपभोक्ताको अधिकार संरक्षण गर्नु सरकार प्रतिबद्ध छ । सरकारले चाडपर्व लक्षित संयुक्त बजार अनुगमन कार्यक्रमको कार्ययोजना तयार गरी निरन्तर बजार अनुगमन समेत गरिरहेको छ । अनुगमनको क्रममा उपभोक्ताको अधिकार तथा हित विपरीत हुने कुनैपनि क्रियाकलापमा संलग्न भएको फेला परेमा जोकोही भए नि सरकार निर्मम भई हदैसम्मको कारबाही गर्न पछि पदैन । उपभोक्ताहरूले प्रयोग गर्ने नाप तौल ,गुणस्तर,उपभोग्य मितिका र मूल्यमा सचेत रहन आग्रह छ । सरकारले विगतका वर्षहरू देखि खाद्य संस्थान,साल्ट ट्रेडिङ,दुग्ध विकास बोर्डमार्फत खाद्य वस्तु तथा खसी बोका समेत छुट मूल्यमा बिक्री वितरण गर्दै आएको छ । यो वर्ष पनि आम उपभोक्ताहरूको हितलाई ध्यानमा राखेर खाद्य वस्तुहरूको बजार मूल्य नियन्त्रण र गुणस्तरीयता कायम गरी सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सहुलियत पसल सञ्चालनमा ल्याएका छौँ ।’

उनले चाडपर्वको समयमा नेपाली बजारमा विभिन्न उपभोग्य वस्तुहरूको खपत बढी हुने गरेको बताए ।

उनले धेरै खपत हुने मौकामा कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी, मूल्यवृद्धि, मिसावट, म्याद सकिएका र लेवलिङ नभएका सामग्रीहरू बेच्ने जस्ता गैरकानूनी क्रियाकलाप गर्ने तत्त्वहरू पनि बढी सक्रिय हुने हुँदा सरकारले त्यसमा ध्यान दिन जरुरी रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 2 =