सरकारका पछिल्ला गतिविधिले धेरै नेपालीको मन रुवाएको छ : राजेन्द्र पाण्डे

काठमाडौँ । सत्तारुढ नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले हत्या प्रकरणमा संलग्न रिगल भनिने योगराज ढकाल आममाफी दिने सरकारको निर्णयप्रति आपत्ति जनाएका छन् ।

व्यक्ति त्याजस्तो अपराध कर्ममा संलग्न ढकाललाई आममाफी दिने सरकारको निर्णयले धेरै नेपाली जनताको मन रोएको उनको भनाई थियो ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उपाध्यक्ष पाण्डेले महँगी नियन्त्रण, विकास खर्च, मुलुकको अर्थतन्त्र चलायमान बनाउने काममा पनि सरकारले ध्यान दिन नसकेको गुनासो गरे ।

उनले सरकारले ल्याएको विद्यालय शिक्षा विधेयकले पनि शिक्षा क्षेत्रमा देखिएको समस्या समाधान गर्न नसक्ने बताए ।

उपाध्यक्ष पाण्डेले भने ‘सङ्घीयतालाई कमजोर बनाउने गतिविधिहरू अहिले पनि केही भइराखेका छन् । संघीय लोकतान्त्रिक गणतन्त्रलाई बदनाम गराउने खालको आपराधिक गतिविधिमा संलग्न व्यक्ति जो जेलको सजाय पाइराखेका थिए । त्यस्ता व्यक्तिलाई आममाफी दिएर धेरै जनता रुवाउने काम हामीले गरिरहेका छौँ । अर्थतन्त्रलाई चलायमान बनाउन ध्यान दिईरहेका छैनौँ । विकास खर्च समयमै जति हुनुपर्ने हो, त्यो काम गर्न सकिरहेका छैनौँ । महँगी बढेको छ, नियन्त्रण गर्न सकिराखेका छैनौँ । यस्ता खालको कुराहरूमा विशेष ध्यान पुर्याउन जरुरी छ । हामीले अहिले ल्याएको विद्यालय शिक्षा विधेयक पनि अपुरो छ । अव सिङ्गै संसदले त्यसलाई पूर्ण दिनेगरी ध्यान पुर्याउनुपर्ने आवश्यकता छ । ’

उपाध्यक्ष पाण्डेले विद्यालय शिक्षा विधेयकलाई पूर्णता दिने र मुलुकमा विद्यमान शैक्षिक क्षेत्रमा देखिएका समस्या समाधान गर्ने काममा सिङ्गो संसद एकताबद्ध हुनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + one =