जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर भड्काउन खोजियो : प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्रमाथि आक्रमण भइरहेको बताएका छन् ।

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले जनयुद्ध गर्नु गल्ती र हिंसा थियो भनेर एक थरीले भड्काउने प्रयास गरिरहेको बताए ।

उनले परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्ने बताए । उनले अराजकतालाई प्रश्रय दिने अभिव्यक्ति नदिन आग्रह गरे ।

उनले राम्रा काम हुँदाहुँदै पनि समाजमा नराम्रा मात्रै देख्ने परिपाटी रहेको भन्दै यस्तो समस्या समाधान गर्न जरुरी रहेको बतए ।

उनले नेतृत्व भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा भएको पनि बताए ।

उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्रमाथि आक्रमण भइरहेको छ । त्यसमाथि प्रहार भइरहेको छ । जनयुद्ध गर्नु गल्ती थियो, हिंसा थियो । त्यो अपराध थियो । एउटा एंगल तपाईहरुले सुनिरहनुभएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्नु गलत थियो, त्यसलाई उल्ट्याउनुपर्छ भन्ने अर्को कोण तपाई हामीले देखिरहेका छौँ । सुनिराखेका छाँै । र यो परिवर्तनको पक्षमा अन्तिम समयसम्म लडिरहनुपर्छ भन्ने अर्को पक्ष पनि छ । एकथरी मानिसहरु यो परिवर्तनका वाहकहरुलाई विद्रुपीकरण गर्ने, तिनलाई बदुनाम गर्ने कुनै तरिकाले तिनको प्रभावलाई, एजेण्डालाई कमजोर पार्ने कसरत भइरहेको छ । त्यसलाई मद्दत दिने गरी हाम्रा आभिव्यक्ति हुने की यो परिवर्तनको रक्षा गर्नेहरुको पक्षमा हुने भन्ने फैसला सबै क्रान्तीकारीहरुले गर्नुपर्छ । अहिले राम्रा काम भएको हामीले खोज्न थालेका छाँै । नराम्रा मात्रै देख्न थालेका छौँ । यो के भएको हो ? सोचको समस्या हो की लिडरसिपको समस्या हो ? लिडरसिप भनेको जनताले र इतिहासले आन्दोलन र संघर्षको बीचबाट जन्माउने कुरा हो ।’

प्रधानमन्त्री दाहालले दक्षिणपन्थीहरुले देशमा टाउको उठाउने खतरा रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =