सरकारले जातीय द्वन्द्व गर्न उक्साइरहेको छ : सांसद सिंह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपकबहादुर सिंहले सरकारले जातीय द्वन्द्वका लागि उक्साइरहेको बताएका छन् ।

शुक्रवार नयाँ बानेश्वरस्थित सङ्घीय संसद भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सिंहले सरकारले नै जातीय द्वन्द्वका लागि उक्साइरहेको बताएका हुन् । उनले प्रधानमन्त्री स्वयंले जातीय लडाई लड्न आग्रह गरेको बताए ।

उनले जनप्रतिनिधिले चाहेको भए धरानको घटनालाई रोक्न सक्ने भन्दै सरकार यस्तो घटनाहरूमा मौन बसेको बताए । उनले प्रधानमन्त्रीले नेपाली–नेपालीका बीचमा काटमार गराउन खोजेको हो रु भन्ने प्रश्न समेत गरे ।

उनले भने ‘यो सरकारको नालायकीपनले हो । यो सरकारको उक्साउने, हामी छौँ लाग जातित्वको लडाइँमा लड् भनी स्वयं प्रधानमन्त्रीज्युले भन्नुभएको छ । जनप्रतिनिधिहरूले चाहेको भए रोक्न सक्थ्यो धरानको त्यो घटना । प्रतिवेदन सुनेर चुप लागेर मौन समर्थन गर्नुभयो । आज यो दिन आइराखेको छ । गाईलाई लक्ष्मीको रूपमा आमाको रूपमा लिइन्छ हाम्रो देशमा । खुलेआम वध गरिकन मिडियाबाट भोज भतेर मनाउँछौ हामी ७८ जिल्लामै काट्छौँ भनेर यो गर्दा सरकार चुप लागेर बस्छ ।’

सांसद सिंहले राष्ट्रिय प्रजातन्त्र पार्टी धार्मिक, सामाजिक तथा साम्प्रदायिक सद्भाव कायम गर्ने पक्षमा रहेको र नेताहरूले सोही अनुसारका अभिव्यक्तिहरू दिइरहेका स्पष्ट पारे ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + fourteen =