आममाफी दिइएको छैन, कैद कट्टा गरेर छुटाइएको हो : मन्त्री श्रेष्ठ

काठमाडौँ । भूमि, व्यवस्था तथा सहकारीमन्त्री रञ्जिता श्रेष्ठले सरकारले संविधान दिवसको अवसरमा कैदीलाई आममाफी नदिएको बताएकी छन् ।

मंगलवार संसद भवनबाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सरकारले आम माफी नभई कैद कट्टा मात्रै गरेको बताइन् । उनले अपराधी राजनीतिक तवरबाट छुट्नुपर्छ आफूहरूले नभनेको भन्दै यस पटक कसैलाई आममाफी नदिइएको र कैद कट्टा गरेर छुटाइएको बताइन् । उनले कैद कट्टा गरेर छुटाउनु र आम माफी दिनु फरक भएको बताइन् ।

उनले भनिन् ‘आम माफी एउटा छुट्टै कुरा हो । अदालतबाट दोषी ठहर भएकालाई पनि आम माफी दिने भन्ने कुरा छ । र अहिलेको उसमा आम माफ नै दिइएको छैन । किनभने यो त कैद कट्टा गरिएको हो । कैद कट्टा गरेर छुटाइएको हो । हामीले क्याबिनेट बैठक बस्दा पनि त्यो भनेको छैन । अपराधीलाई राजनीतिक तवरबाट छुट्नुपर्छ भनेका छैनौँ । कारागारमा गइसकेपछि आफूले भोग्नु कानुनअनुसार भोग्नुपर्छ । यस पटक कसैलाई आममाफी दिइएको छैन । नबुझेको हो । कैद कट्टा हो ।’

नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले हत्या, बलात्कार लागुऔषध लगायतमा आम माफी दिनेकुरा गलत भएको बताए । उनले पहिला यी कुरामा नदिने गरिएपनि अहिले विकृति आएको बताए ।

उनले भने ‘यो गलत परम्परा हो । पहिला मैले थाहा पाउँदा तीन, चार वटा कुरा हत्या, बलात्कार लागुऔषधमा माफी दिइँदैन थियो । अहिले जुनसुकैलाई पनि माफी दिने परम्परा भएको छ, त्यसमा राष्ट्रपतिलाई पनि मुस्ने गरिएको छ, उहाँले त हस्ताक्षर गर्ने मात्रै हो । हाम्रो नेतृत्व गरेकाहरू चुकेका हुन् । भ्रष्टाचार विहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिमति छ ।’

नेता केसीले भ्रष्टाचार विहीन समाज र सुशासन भन्नेकुरा नारामा मात्रै सिीमत बनेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four − three =