संघीयता बिरोधीहरु सामाजिक सद्भाव बिगार्न सक्रिय भएः मुख्यमन्त्री यादव

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले संघीयता बिरोधीहरु सामाजिक सद्भाव बिगार्ने गतिविधिमा सक्रिय रहेका बताएका छन् ।
इस्लाम धर्मका प्रवर्तक मोहम्मद पैगम्बरको जन्म दिवसको अवसरमा मुस्लिम धर्मावलम्बीहरुले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले मधेस प्रदेशमा सामाजिक सद्भाव बिगार्ने क्रियाकलापमा संघीयता बिरोधीहरु सक्रिय रहेका बताए ।
उनले सामाजिक सद्भाव बिगार्नेहरु र संघीयता बिरोधीहरुबाट सचेत हुनु आवश्यक रहेको बताए ।
उनले संसारको कुनैपनि शक्ति संघीयताको बिरोधमा लागेपनि संघीयतालाई खारेज गर्न नसक्ने बताए ।
उनले प्रदेश सरकारसँग आफ्नो प्रशासन नहुँदा सामाजिक सद्भाव बिगार्नेहरुलाई कारबाही गर्न नसकेको गुनासो गरे ।
संघ सरकारले त्यस्ता गतिविधि गर्नेहरुलाई कारबाही नगर्दा उनीहरुको मनोबल उच्च भइरहेको उनको भनाई छ ।
उनले संघीय सरकार समेत संघीयता बिरोधी रहेको आरोप लगाए ।








