डा. शेखर कोइरालाले विश्वप्रकाश-प्रदीप सहितको बैठक बोलाए

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकअघि इत्तर समूहको बैठक बोलाएका छन् ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा मंगलबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको उनका सोकीय सचिव दिनेश थपलियाले मकालुखबरलाई बताए । भोलिका लागी बोलाइएको बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र महामन्त्रीका प्रत्यासी प्रदीप पौडेल पनि आमन्त्रण गरिएको उनले बताए ।

१४ औँ महाधिवेशनपछि पहिलो पटक महामन्त्री शर्मा र नेता पौडेल शेखर कोइराला समूहको बैठकमा सहभागी हुने छन् ।

असोज ४ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो तर्फको तयारीका लागी कोइरालाले बैठक बोलाएका हुन् ।

साथै, भोलिको बैठकमा इतर समूहका सबै नेताहरूलाई निम्तो दिइएको छ । बैठकमा शर्मा र पौडेलको समेत सुझावका आधारमा समूहले केन्द्रीय कार्यसमिति बैठक र भावी रणनीति तय गर्ने भएको छ ।

केन्द्रीय कार्यसमिति बैठक बोलाइएपछि इतर समूहका नेता अर्जुननरसिंह केसीको आयोजनामा नेताहरुबीच केही दिनअघि छलफल समेत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *