सुदन किरातीले फेरि भने- राष्ट्रिय सहमतिको सरकार गठन गरौं

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय सहमतिको सरकार गठन हुनुपर्ने धारणा राखेका छन् । शुक्रबार पर्यटन यातायत व्यावसायी सङ्घको २०औँ साधरणसभालाई सम्बोधन गर्दै मन्त्री किरातीले अहिलेको परिस्थितिको सामना गरेर अघि बढ्न वर्तमान प्रधानमन्त्री नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गरिनुपर्ने बताएका हुन् ।

उनले मुलुकमा व्याप्त भ्रष्टाचार नियन्त्रण, सुशासन प्रवर्द्धनका साथै देशलाई आर्थिक समृद्धितर्फ लैजान राष्ट्रिय सहमति अपरिहार्य भएको उल्लेख गरे । पर्यटनमन्त्री किरातीले कोशी प्रदेश सरकारबाट सहमतिको सरकारको ढोका खुलेको भन्दै अरु बाँकी छ प्रदेशसँगै केन्द्रमा पनि सर्बदलीय सरकार गठन गरिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *