कोशी खेलकुद विकासको बोर्डको सदस्य सचिवमा बस्नेतले गरे पुनः पदभार ग्रहण

काठमाडौँ । कोशी प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिवमा पुनः कृष्ण बस्नेत (पर्शुराम) ले पदभार ग्रहण गरेका छन् ।

उच्च अदालतको आदेशपछि संस्थापक सदस्य सचिव बस्नेतले विहिबार पदभार ग्रहण गरेका हुन् ।

तत्कालिन मुख्यमन्त्री भीम आचार्यको कार्यकालमा प्रदेश सरकार मन्त्रीपरिषदको २०७८ असोज २४ को निर्णय अनुसार असोज २५ गते प्रदेश खेलकुद ऐन २०७६ को दफा ३ को उपदफा २ को खण्ड ‘अ’ बमोजिम बस्नेतलाई प्रदेश खेलकुद विकास बोर्डको सदस्य सचिव पदमा नियुक्त गरिएको थियो ।

चार वर्षीय कार्यकालका लागि नियुक्त भएका बस्नेतलाई परिवर्तित सत्तासमिकरणपछि २०७८ चैत २२ मा पदबाट हटाइएको थियो । उक्त निर्णय विरुद्ध अदालत पुगेका बस्नेतको निवेदन माथि अदालतले परमादेश जारी गर्दै बस्नेतलाई सदस्य सचिवको रुपमा काम काज गर्न दिनु, वाधा अवरोध नगर्नु भनि परमादेश गरेको हो ।

उनले सञ्चारकर्मीहरुसँग कुरा गर्दै तत्कालिन भीम आचार्य नेतृत्वको सरकारले आफूलाई संस्थापक सदस्यसचिवको रुपमा नियुक्त गरेपनि त्यसपछिको सरकारले प्रतिशोध राख्दै हटाएपनि त्यसलाई अदालतले सच्याउने काम गरेको बताए । उनले अदालतलेको आदेश पालना गर्दै आफूले आजबाट पदभार ग्रहण गर्दै कामकाज सुरु गरेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *