आत्मनिर्भर अर्थतन्त्रका लागि सहकार्य छ : उद्योगमन्त्री रिजाल

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले आत्मनिर्भर अर्थतन्त्रका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी रहेको बताएका छन् ।

शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उद्योगी मन्त्री रिजालले सरकार र निजी क्षेत्र सहकार्य भएमात्रै मुलुक आत्मनिभर अर्थतन्त्र उन्मुख हुने बताए । उनले मुलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको सहभागिता बढाउन आवश्यक देखिएको उल्लेख गरे ।

मन्त्री रिजालले मुलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले महिला उद्यमीहरुद्वारा सञ्चालित उद्यमहरुको विकास र बिस्तारले स्थानीय स्तरदेखि आर्थिक विकास र रोजगारीको सिर्जना गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन मद्दत पुगेको दाबी गरे ।

सरकारले विभिन्न उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले उद्यमशिलता,रोजगारी मुलुक, क्षमतावन र सीपमुलक तालिम प्रदान गर्दै आएको उनको भनाई छ ।

उनले विभिन्न लक्षित समूहका उद्यमीहरुलाई बीउ पुँजीका सहयोग तथा कृषि तथा वन पैदावर र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई नमूना उद्योग निर्माणमा सहयोग तथा प्रविधि हस्तानान्तरण जस्ता कार्यहरु सरकार गरिरहेको दाबी गरे ।

उनले भने,‘महिला उद्यमीहरुलाई हौसला प्रदान गर्दै मुलुकको आर्थिक विकासमा महिला सहभागिता बढाउन आवश्यक छ । मुलुकको आर्थिक विकासमा महिला उद्यमीहरुको महत्वपूर्ण योगदान छ । महिला उद्यमीहरुद्वारा सञ्चालित उद्यमहरुको विकास र विस्तारले स्थानीय स्तरदेखि आर्थिक विकास र रोजगारीको सिर्जना गरी मुलुकलाई समृद्धिको बाटोमा अगाडि बढाउन मद्दत गरेको छ । आत्मनिर्भर अर्थतन्त्रको लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुन जरुरी छ । सरकारले विभिन्न उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले उद्यमशिलता,रोजगारी मुलुक ,क्षमतावन र सीपमुलक तालिम प्रदान गर्दै आएको छ । विभिन्न लक्षित समूहका उद्यमीहरुलाई बीउ पुँजीका सहयोग तथा कृषि तथा वन पैदावर र स्थानीय कच्चा पदार्थमा आधारित उद्योगहरुलाई नमूना उद्योग निर्माणमा सहयोग तथा प्रविधि हस्तानान्तरण जस्ता कार्यहरु गरिरहेको छ । महिला उद्यमीहरुबाट उत्पादित वस्तुहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउनको लागि विभिन्न व्यापार मेलामा महिला उद्यमीहरुलाई सहभागि गराउने काम गरिरहेको छ । महिला उद्यमीहरुको विकास तथा प्रवद्र्धनको लागि नीतिगत सुधार दक्षता अभिवृद्धि,स्वदेशी वस्तुहरुको प्रवद्र्धन,बजारिकरण र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने विषयमा मन्त्रालय सकारात्मक रहेको छ ।’

मन्त्री रिजालले महिला उद्यमीहरुबाट उत्पादित वस्तुहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पहुँच पु¥याउनको लागि विभिन्न व्यापार मेलामा महिला उद्यमीहरुलाई सहभागि गराउने काम गरिरहेको पनि उल्लेख गरे ।

उनले महिला उद्यमीहरुको विकास तथा प्रवद्र्धनको लागि नीतिगत सुधार दक्षता अभिवृद्धि,स्वदेशी वस्तुहरुको प्रवद्र्धन,बजारिकरण र अन्तर्राष्ट्रिय बजारसम्म विस्तार गर्ने विषयमा सरकार सकारात्मक रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *