सरकारले भन्यो– प्रधानमन्त्री अमेरिकाबाटै चीन जाने कुरा प्राविधिक विषय हो

काठमाडौं । सरकारले प्रधानमन्त्री अमेरिकाबाटै चीन भ्रमणमा जाने कुरा प्राविधिक पाटो भएको बताएको छ ।

शुक्रवार मन्त्रीपरिषद् बैठकका निर्णय सुनाउने क्रममा सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिँदै सरकारका प्रवक्ता रेखा शर्माले यस्तो बताएकी हुन् ।

उनले प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको बताइन् ।

उनले अमेरिकाबाटै चीन जाने कुरा नितान्त भ्रमणको विषय भएकाले अन्यथा नबुझ्न आग्रह गरिन् । उनले भ्रमण कुन उद्देश्यमा पुग्ने भन्नेमात्रै रहेको भन्दै रुटको कुरा प्राविधिक विषय भएको बताइन् ।

उनले भनिन्– ‘प्रधानमन्त्रीज्युले अमेरिका भ्रमण गर्ने र च्यसपछि चीन भ्रमण गर्ने भन्ने विषय टुंगिसकेको छ । तयारीका सम्बन्धमा हाम्रो आफ्नै सिस्टम छ, त्यो सिस्टमअनुसार परराष्ट्रले अन्य मन्त्रालयहरुसँग सम्बन्धित निकायसँग कोर्डिनेशन गरेर एजेण्डाका विषयमा तयारी भइरहेका छन् । अर्थ र परराष्ट्र मन्त्रालयबाट यसलाई अन्तिम टुंगो लगाउने प्रक्रिया शुरु भएको छ । द्विपक्षीय कुरा भएकाले हाम्रा मात्रै कुरा पनि भएन, द्विपक्षीय रुपमा नै यसको स्वीकृति प्रदान भइसकेपछि एजेण्डा अघि बढ्नेछन् । कतिपय कुरा ध्यानाकर्षण गराउने ढंगले लैजानेछौँ । अमेरिकाबाटै चीन जाने भन्नेकुरा राम्रो होइन भन्ने छ, के मान्ने र त्यसलाई त ? यो भ्रमणको कुरा हो, उद्देश्यमा पुग्ने कुरा हो । कहाँबाट कुन बाटो प¥यो भन्नेकुरा प्राविधिक कुरा हो । त्यसमा धेरै चर्चा परिचर्चा आवश्यक छैन । उहाँहरुले कुन ढंगबाट उठाउनु भयो, सकारात्मक ढंगबाटै उठाउनु भयो भन्ने बुझौँ । बाटो, रुट कुन अपनाइयो भन्नेकुरा प्राविधिक कुरा हो । यसमा कुनै नियत, विषयवस्तु छैन ।’

प्रवक्ता शर्माले प्रधानमन्त्रीको अमेरिकाबाटै चीन भ्रमण जाने विषयवस्तुलाई लिएर धेरै चर्चा, परिचर्चाको आवश्यक नरहेको बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *