‘नालायक गृहमन्त्री राजीनामा दे’ भन्दै सडकमा तरुण दल

काठमाडौं । नेपाली काँग्रेसको भ्रातृ सङ्गठन नेपाल तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।

कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको विरोधमा तरुण दलले गृहमन्त्रीको राजीनामा माग्दै शुक्रवार काठमाडौँको रत्नपार्कमा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागी तरुण दलका नेता–कार्यकर्ताले शान्ति सुशासन कायम गर, हत्या हिंसा बन्द गर, नालायक गृहमन्त्री राजीनामा दे, अपराधीलाई कारबाही गर लगायत नारा लगाएका थिए ।

तरुण दलका पूर्व अध्यक्ष तथा संविधान सभा सदस्य समेत रहनुभएका यादवमाथि भदौ २० गते रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा बुधवार खुकुरी प्रहार भएको थियो ।

ताप्लेजुङमा कोशी प्रदेशका प्रदेश सभा सदस्य एवं खगेनसिंह हाङ्गामको घरमा घेरा हालिएको विषयमा पनि तरुण दलले विरोध गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *