‍प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ बैठकको कार्यसूची

काठमाडौं । प्रतिनिधि सभा बैठक आज दिउँसो १ बजे बस्दैछ ।

संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा ४ मन्त्रीसँग सांसदहरूको प्रश्नोत्तर हुनेछ ।

बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, कृषी तथा पशुपन्छी विकास मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ ।

त्यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन (२०७८ श्रावणदेखि २०७९ आषाढ मसान्तसम्म’ पेस गर्ने कार्यसूची समेत रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *