मानव बेचबिखन नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने व्यक्ति र संस्थालाई पुरस्कार तथा सम्मान

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरेका तीन विधाका चार व्यक्तिलाई पुरस्कृत गरेको छ भने चार संस्थालाई सम्मान गरेको छ ।

मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट कार्य गरेका विभिन्न सङ्घसस्था तथा विधालाई पुरस्कृत तथा सम्मान गरेको हो ।

जसमा नेपाल प्रहरीतर्फ नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी हवल्दार दलबहादुर घिसिङ पुरस्कृत भएका छन् भने नेपाल प्रहरी प्रधान कार्यालय, मानव बेचबिखन अनुसन्धान ब्यूरोलाई सम्मान गरेको हो ।

सञ्चारमाध्यमतर्फ छापा माध्यमबाट जनआन्दोलन डट कम, घटना र विचारका झापाकी रेजिना गौतम पुरस्कृत भएका छन् नागरिक दैनिक पत्रिकालाई सम्मान गरिएको छ । त्यस्तै विद्युतीय माध्यमबाट सवल न्यूज डट कम पाल्पाकी सीतादेवी डोटेल पुरस्कृत भएकी छन् भने रेडियो मुक्ति ९५ दशमलव ५ रुपन्देहीलाई सम्मान गरेको हो ।

सङ्घसंस्थातर्फ शक्ति समूह, काठमाडौँबाट उर्मिला श्रेष्ठ पुरस्कृत भएकी छन् भने महिला आत्मनिर्भरता केन्द्र, सिन्धुपाल्चोक सम्मान भएको छ ।

मानव बेचबिखनविरुद्धको १७ औँ राष्ट्रिय दिवस ‘सामाजिक न्याय र आर्थिक सशक्तीकरण स् मानव बेचबिखनको निर्मूलन’ भन्ने राष्ट्रिय नारासहित मनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *