समितिको टीओआर टुङ्ग्याउने जिम्मा शीर्ष तीन नेतालाई

सहकारी छानबिन समितिको कार्यादेश (टीओआर) टुङ्ग्याउने जिम्मा घुमिफिरी शीर्ष नेताकोमा पुगेको छ।

कार्यदल सदस्यसहित बालुवाटारमा शनिबार बेलुका भएको छलफलमा आइतबार बिहान शीर्ष नेताले छलफल गरेर टुङ्ग्याउने नेपाली कांग्रेसका नेता तथा कार्यदल सदस्य जीवन परियारले बताए।

उनका अनुसार शीर्ष नेतासहितको बालुवाटार बैठक औपचारिक एजेन्डामा प्रवेश नगरे पनि आइतबार बिहान नौ बजे तीन दलका शीर्ष नेताले छलफल गर्नेछन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवा बसेर समितिको कार्यादेशलाई अन्तिम रूप दिने परियारले बताए।

बालुवाटार बैठकअघि सिंहदरबारमा कार्यदलको बैठक बसेको थियो । छानबिन समितिको टीओआरबारे कार्यदल सहमति नजिक पुगेको कार्यदलका सदस्यहरुको भनाई थियो।

संसदीय छानबिन समिति नबनाएसम्म संसद् चल्न नदिने भन्दै गत चैत २ गतेदेखि कांग्रेसले लगातार प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *