कम्पनीको नाम तोकेर संसदीय छानबिन समिति बनाउन सहमति, शीर्ष नेताबाट अन्तिम टुंगो लाग्ने

काठमाडौँ । सहकारीको रकम अपचलनबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश बनाउन गठित कार्यदलले कम्पनीको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति गरेको छ ।

शनिवार सिंहदरबारमा बसेको कार्यदलको बैठकमा सो सहमति जुटेको हो । यद्यपि शीर्ष नेताहरूको बैठकपछि मात्रै अन्तिम सहमति हुने र संसदीय छानबिन समिति बन्ने कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बताए । उनकाअनुसार बैठक आज नै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्नेछ । शीर्ष नेताहरूको बैठकपछि मात्रै संसदीय छानबिन समिति बन्ने टुंगो लाग्ने बताए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले विगत लामो समय यता उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठन गरी सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्नुपर्ने माग गर्दै संसद अवरोध गर्दै आएको छ । संसदको अवरोध हटाउन सत्ता पक्षले सहकारीको रकम अपचलन गर्ने कम्पनीको नाम तोकेर कार्यादेश बनाउन तयार भएको बताए ।

उनले भने ‘कार्यदलको बैठक यसअघिका बैठकहरू भन्दा धेरै नै अघि बढेर सहमतिको नजिक पुगेका छाँै । हामी टुंगोमा पुगिसकेका छैनाँै । यसबाट निस्किसकेपछि बालुवाटारमा दलका शीर्ष नेताहरूसँग हामी बस्नेछौँ । यो छलफलमा भएका कुराहरू शीर्ष दलका नेताहरूसँग राख्छौँ । हामीलाई के विश्वास छ भने जुन ढंगले हामीले छलफल गरेका छाँै, त्यसको विस्तृत विषय शीर्ष नेताहरूको बीचमा राखिसकेपछि यसलाई अन्तिम टुंगोमा पु¥याउन बैठक निकै नै महत्वपूर्ण भएको छ । यसको विषय बालुवाटारको बैठकबाट निष्कर्षमा पुग्नेछ । विगतमा सहकारीबाट रकम लगेर हिनामिना, अपचलन भएको विषयलाई यो यो सहकारीबाट रकम अपचलन भएको हो । कम्पनीका यी व्यक्तिले अपचलन गरेको लेख्नुपर्छ भन्ने त्यो मागका साथ प्रमुख प्रतिपक्ष लगायतका राजनीतिक दलहरूले उठाउँदै आउनुभएको थियो । मुलुकका संकटग्रस्त रहेका सहकारी र खासगरी सार्वजनिक मिडियामा आएका र संसदमा उठेका कुरा सम्बन्धी छानबिन गरौँ भन्ने थियो । आज हामी जुनजुन सहकारीबाट रकम लगिएको छ वा त्यसबाट नियम विपरीत रकम गएको छ, जुन कम्पनीहरूबाट लिइएको छ भन्ने ती कम्पनी र सहकारी संस्थाको नाम लेखेर छानबिन गर्ने आजको बैठकमा छलफल भएको छ । व्यक्तिलक्षित नाम किटान हुनु हुँदैन भन्ने हिसाबमा समिति गठन गर्ने सकारात्मक भएको हो ।’

उनले कम्पनीको छानबिन गर्दै जाँदा अपचलन गर्नेहरूको नाम स्वतः आउँदै जाने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *